जगत एउटै छ यहाँ भगवान एउटै छ!
रगत पनि रातो नै छ सन्तान एउटै छ!!
चाहे फलाम ठटाउ चाहे सुन लगाउ,
मरे पछी सबै जाने समसान एउटै छ!!
सधैं ठाडो हुन्छ झुक्ने मान्छेको शिर,
मान्छे मान्छे बिच गर्ने सम्मान एउटै छ!!
घाउमा लाग्ने पीडा रुदा झर्ने आँसु,
प्रकृतिले बनाएको बिधान एउटै छ!!
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: