एउटै मान्छे देउता बनी भए हुन्थ्यो गुनी
उनकै कारण सुखद रहोस् सारा जनका जुनी ।
कायापलट ल्याउन् उनले खुसीका लहर बोकी
दुःख हटी जनताका जाउन् दिन रुनी ।
सारा नेपालीको भाग्य उदय हुनुपर्छ
स्वागत गर्लान् कहिले जनले उनैलाई चुनी ।
उनै महामानवको सत्कर्मले यहाँ
त्यस्तो दिन कहिले आउलाङ धर्ती नै स्वर्ग हुनी ।
जन्माउदैछिन् नेपाल माता एक महापुरुष
नरम्लान् को ? त्यस्तो सपुत जन्मिएको सुनी ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: