अदृश्य भगवान पुज्नको डालीको त्यो फुललाई चुडाए!
स्वीकार गर्दै भुल आफ्नो उसको सामु शिरलाई झुकाए!!
स्वार्थी समाजका स्वार्थी मान्छे तिमी पनि स्वार्थी रहेछौ!
तिम्रो ती हरेक चोटहरुलाई आफ्नै सम्झी आँसु सुकाए!!
केहि पाउनलाई केही गुमाउनु पर्छ भन्ने दुनियाँको रितैछ!
नपाउने माया रहेछ बेकार आफ्नाहरुको मनलाई दुखाए!!
थियोे आशा अनि बिश्वास हिजो आफ्नाहरुको म माथी!
तिमिलाई आफ्नो बनाउने एकोहोरो जितले सबै गुमाए!!
आँसु रित्तिए पछि आँखा छ्न निस्पट ओभाना ओभाना!
तिम्रो हसिलो मुहारको लागि आफ्नो खुशीलाई जलाए!!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: