म भन्दा अलि अग्ली उनी अलि सानी छे,
मलाई मन पराउने मेरी फुलमाया नानी छे
नहेरी मुहार उनको मेरो दिनको सुरुवात हुँदैन,
पहिलो सुर्यको किरणसँगै मेरी शुभ बिहानी छे
रुप यस्तो कि स्वर्गकी अपसरा नि लजाई जाने,
सुन्दर मात्र के भनु सुन्दरताकी उनी खानी छे
स्वच्छ तथा निस्वार्थ प्रेमकी प्रतीक छिन उनी,
कलकल बग्ने पवित्र निर्मल गंगाकी पानी छे
के दिउँ उपहार उनलाई जे दिएनी कमझैँ लाग्ने,
म उनको दिलको राजा उनी मेरो दिलकी रानी छे
Liked by: