नआउ तिमि नजिक गलत मान्छेको ।।
बिचार नै छ बेठिक गलत मान्छेको ।।
देखावटी हाँसो कतिञ्जेल टिक्छ यहाँ
माया लाग्छ अधिक गलत मान्छेको ।।
भबिष्य खोज्दै भौतारिदै हिडेका बेला
गुम्छ रे होस क्षणिक गलत मान्छेको ।।
जन्मजात मानिस गलत हुदैन सानु
हुन्छ कहानी मार्मिक गलत मान्छेको ।।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: