अभाव र ठक्करको चोटले गल्दैछ जिन्दगी ।
थाकेका दुईखुट्टा डुलाएर चल्दैछ जिन्दगी ।
सुर्यको तापको जलन अचेल महशुस हुदैन ।
आफ्नै सपनाहरुको पिरले जल्दैछ जिन्दगी ।
उडेर जुन नै छोईएला भन्ने लाग्थ्यो पहिला ।
आज उमेरसङ्ग एकोहोरो ढल्दैछ जिन्दगी ।
समय विपरीत भएपछि कस्को के लाग्छ र !
दुखमात्रै जुराईदिएर सुख छल्दैछ जिन्दगी ।
Liked by: