अभाव र ठक्करको चोटले गल्दैछ जिन्दगी
थाकेका दुईखुट्टा डुलाएर चल्दैछ जिन्दगी
सुर्यको तापको जलन अचेल महसुश हुदैन,
आफ्नै सपनाहरुको पिरले चल्दैछ जिन्दगी
उडेर जुन नै छुईला भन्ने लाग्थ्यो पहिला,
आज उमेरसङ्ग एकहोरो ढल्दैछ जिन्दगी
समय विपरीत भएपछि कस्को के लाग्छ र,
दुःख मात्रै जुदाईदिएर सुःख छल्दैछ जिन्दगी
Liked by: