बा ! किन हामीलाई पर्दा किन कोहि आउदैनन।
बाबू!स्वार्थी छ संसार हामीबाट केहि पाउदैनन।
हैसियतमा बिक्यो बाबु समाजको सबै भावना।
गरिबलाई हेर्न यहाँ जो कोहिले मन लाउदैनन।
हेर्नूपर्ने सरकारले पनि हामीलाई नदेखेझै गर्छ।
भोटबाहेक उनीहरु पनि हाम्रो बस्ती धाउदैनन।
धनको उन्मातमा मान्छेले सबैथोक बिर्सिसके।
बाबू ! आजभोली मान्छे दुखको गीत गाउदैनन।
Liked by: