थाहा छैन कुन कुराले शिकार भए म ।
सफा मन हुदाहुदै पनि गुनेगार भए म ।
युद्ध हो दुनियाँ अन्तिम सम्म लड्छु भन्थे ।
न त वार भए न त पार भए म ।
समयले खेलाएर बिच बाटोमा छोडेपछि ।
यता जानू कि उता जानू दोधार भए म ।
आशाको त्यो किरणहरु बिलाउदै गएपछि ।
अलि अलि गर्दा गर्दै अन्धकार भए म ।
थाहा छैन कुन कुराले शिकार भए म ।
सफा मन हुदाहुदै पनि गुनेगार भए म ।
Liked by: