प्रेमको उपमा बदनामीको हल्ला लिएर गै,
चाहिएको थियो साथ तर सल्लाह लिएर गै ।
दिनेले दिइरह्यो पाउनेको कुनै गन्ती भएन,
संसार जित्न चाहनेले हारको दोसल्ला लिएर गै ।
प्रशंसाले चिनिएर इतिहास रच्ने भन्दै थि,
ल हेर त विचरीले व्यर्थको तहल्का लिएर गै ।
आफ्नै ठानी उसलाई सुम्पिदिई सारा खुसी,
सर्वस्व देको फलस्वरूप दागरूपी लज्जा लिएर गै ।
कस्ले बुझ्न खोज्यो र ऊ भित्रको विशुद्धता,
बाहिरै हेरी मापन भयो अनि आफूमा धब्बा लिएर गै
सातै जुनि हर्षउल्लासमा बाँच्ने कसम खाएपनि,
जिन्दगी भर लाई पुग्ने पीडा अनि नमज्जा लिएर गै
प्रेमको उपमा त बदनामीको हल्ला लिएर गै,
चाहिएको थियो साथ तर सल्लाह लिएर गै ।
Liked by: