नि-यात गर्न खुँदो जस्तै चुक बनाउनु छ ।
यस्तै गरि छिमेकीलाई ढुक्ढुक बनाउनु छ ।।
करेसा लुटिएला सोचिएन सोच्नु पर्ने ।
दुश्मनी सुरुवात भयो बन्दुक बनाउनु छ ।।
हुनसक्छ किनबेच कुन दिन आकाशपनि ।
ईतिहास जिवित राख्ने तमसुक बनाउनु छ ।।
पछुताउन परोस मेरो गोडा काट्नेलाई ।
मृगौला दान गरि भावुक बनाउनु छ ।।
ढुक्क छु म सँग हतियार मुस्कान छन् ।
यसरि नै अब आफ्नो मुलुक बनाउनु छ ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: