उ बोल्दैन तर मलाई सुने जस्तो लाग्छ
हेर्दा देख्दिन तर सँगै हुने जस्तो लाग्छ |
सहि गलत बखूबी थाहा छ उस्लाई
ईसारा गर्छ तर मुख थुने जस्तो लाग्छ |
दु:ख र सुखको पातले टपरी उसैले बनाउछ
आकार बुझिन तर पत्र पत्र बुने जस्तो लाग्छ |
गंगामा हात धोएर स्पर्श मिल्दैन उस्को
लौकिक नहोला तर कर्मले छुने जस्तो लाग्छ |
दिनदु:खीको भाकामा सुनाउदा गाईने दाईले
रमाउछ सारङ्गी तर उ रुने जस्तो लाग्छ |
जिन्दगीको यात्रामा लडेर फाटेको जीवन
फ्याक्न खोज्छु तर उस्ले तुने जस्तो लाग्छ।
उ बोल्दैन तर मलाई सुने जस्तो लाग्छ
ईसारा गर्छ तर मुख थुने जस्तो लाग्छ |
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: