मैले सकेजति माया दिदा तिमीलाई घात भएछ ,
यो त तल्लो भाते केटा हो भन्दै भित्र बात भएछ,
सुनपानिले चोख्याइएको तिम्रो ठुलो चोखो घरमा,
बिटिलो त म बसेको बाहिर पट्टीको खाट भएछ,
अन्धविश्वासले भरिएको तिम्रो त्यो परिवार लाई,
चोखो मेरो मायामा सधैभरिको तघारो जात भएछ,
मैले सकेजति माया दिदा तिमीलाई घात भएछ,
यो त तल्लो भाते केटा हो भन्दै भित्र बात भएछ ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: