निन्द्रामा थिए म र मलाई सजाइदै थियो।
धेरै धेरै नै प्रेम देखाइदै थियो।
थाहा भएन कुन खेल थियो त्यो,
मलाई काधमा उठाइदै थियो।
सबै आफ्ना अघाडी नै थिए मेरा,
तर हरेक मुख बाट मेरै नाम बोलाइदै थियो।
सबै हैरान थिए मलाई सुतेको देखेर,
त्यो रोदन मेरो मनलाई तर्साउदै थियो।
पागल भए म सबै कुरा बुझे पछि,
मलाई जिउदै चितामा जलाइदै थियो।
डराउन थाले त्यस पछि म पनि ,
मलाई सधैका लागि मेटाइदै थियो।
म निन्द्रामा थिए र मलाई सजाइदै थियो।
मलाई जीउँदै चितामा जलाइदै थियो।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: