निस्पष्ट यो रात लाग्छ, तिम्रो गाजल जस्तै छ
फेरि उडि कता-कता पुग्ने मन, बादल जस्तै छ
प्रणय, अनुनय, विन्ती बिसाएर प्रभुको चरणमा
तिमीप्रतिको प्रेम, भगवानसंग, भाकल जस्तै छ
मुहारिका बुद्धझैँ शान्त देख्छु भन्छौ तिमी मेरो
न देख्यौ मनको अशान्ती जो, कोलाहल जस्तै छ
तिम्रो प्रेमको संसारमा आफैँलाई हराएको म
भन्छन् उसको प्रेमले 'राजेश', पागल जस्तै छ
Liked by: