मेरो घरमा जहिल्यै आटो पाक्छ, सिन्की झोलपनि हुन्छ ।
हजुर हुनेखाने होइसिन्छ र पो दिन दिनै बिरियानी हुन्छ ।।
कलिलो काँचो बीस बर्षे ठिटो बाध्यताले मुग्लान छिर्यो।
अब उसको उतै उर्वर बैँश उमेर र जवानी हुन्छ ।।
मरिगए यो देशमा रोजगारीको बाटो खुल्नेवाला छैन्।
यहाँ जब सम्म रोजगारिको नाममा राहदानी हुन्छ।।
गजल लेखेर वाह वाहि बाहेक के पाइन्छ र नभन्नु।
एक बारको जीवन हो बडे बडेसँग चिनाजानी हुन्छ ।
हेर भाई हो स्वतन्त्र दिवस मनाओ दाम्लो नबाधुन्जेल ।
बिहे पछि त श्रिमतिको हरेक क्षेत्रमा निगरानी हुन्छ ।।
_______
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: