जे गर्छु जसो गर्छु गर्न देउ मलाई ।।
मरे मै मरुला बरु मर्न देउ मलाई ।।
जीवन निराशामा हराएको छ मेरो
उक्लनु तिमि तल झर्न देउ मलाई ।।
मेरो मस्तिष्कले काम गर्ने छाडेको छ
यस्तै यहीँ सडकमा पर्न देउ मलाई ।।
अन्तिम इच्छा पनि भुलेको छु मैले
कुनै मा मर्छु अनि सर्न देउ मलाई ।।
मरे मै मरुला बरु मर्न देउ मलाई ।।
जे गर्छु जसो गर्छु गर्न देउ मलाई ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: