उन्कै झल्को पाउने आशमा
बाढी आयो याद बिना साथै खोला तरिरहें
बज्यो घण्टी तेस्रो बरै भेट्न हतार गरिरहें।
घुटुघुटु पानी पिँउदै बोतल बोतल सक्काँउदै
खोज्दै उन्का त्यो अनुहार पानी भर्न झरिरहें
बज्यो.....गरिरहें।
उन्लार्इ देखें कक्षा अघि आँखा मलाई पर्खे जस्तो
नजाउ नजिक भन्छन् साथी तैनी अझै सरिरहें
खोज्दै......झरिरहें।
गँए उस्का नजिक हातको बोतल उठाइ प्याट्ट पिटें
कहाँ किन आयो आँट छुटेपछि सोचिरहें
खोज्दै.....झरिरहें।
मन्दमुस्कान दियो उस्ले देखि ममा परिवर्तन
उत्सुकता पो छायो गाँठे भरी बोतल भरिरहें
खोज्दै......झरिरहें ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: