नयन तिम्रो , कस्तो गोला
हृदय माझै ,भैगो सोला ।
बदन चाँदी, देख्दा खेरी
सकल होसै ,गुम्ने होला ।
मधुर वाणी , सुन्दा जैले
हरर आतै , भर्ने खोला ।
नजिक सर्छौ , ज्वाला कस्तो
नछुनु ऎले , पोल्ला पोल्ला ।
कलम चल्यो ,सोच्दा सोच्दै
गजल बन्ला ,तातो छोला ।
कदम तिम्रो , बढ्ला पक्कै
अब त माया , भर्ला झोला ।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: