जिन्दगीका पीडा बटुली काहानी बनाउनु छ
न चाहाने लाई पनि अब चाहाने बनाउनु छ
अरे यार हेर्नुहोस पत्थर जस्तो त्यो मन
सुन्दा आँखामा टिलपिल पानी बनाउनु छ
जिन्दगीका पीडा बटुली काहानी बनाउनु छ
केही गरि नदुख्ने रैछ कसैलाई आजभोलि
शब्दशब्दले कटक्क मुटु खानी बनाउनु छ
सुन्दा आँखामा टिलपिल पानी बनाउनु छ
दिमाग दिल धड्कनबाट निस्केर उहिले नै
एक मलाई एक संसार छोडी जानी बनाउनु छ
शब्दशब्दले कटक्क मुटु खानी बनाउनु छ
भुल्न सक्दिन भन्थी अचेल खै कसरी भुली मलाई
मरेर उसका यादहरु सँग-सँगै लानी बनाउनु छ
एक मलाई एक संसार छोडी जानी बनाउनु छ
जिन्दगीका पीडा बटुली काहानी बनाउनु छ
न चाहाने लाई पनि अब चाहाने बनाउनु छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: