बिर्सियो जिन्दगीले जिन्दगीलाई पनि
जिउने प्रयास गरिरहेछ भोलिलाइ पनि
धेरै भयो तिमिलाइ मुटुभित्र राखेको
खुब आराम मिलेको छ छातीलाइ पनि
म सँग, एउटा मेरो देश छ अर्को तिमी छौ
अरु के नै चाहिन्छ र? खुशीलाइ पनि
समय चलिरह्यो म भने चल्न सकिन
थकाइ त लाग्दो होला घडीलाइ पनि
म मर्ने बेला तिमी साथमा भइदिए
मलामीको साथ मिल्थ्यो समाथीलाई पनि
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: