जोकर मुसा भुस बोकेर आउँछ जब गाउमा भोकमरी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
बिदेशले चन्द्रमामा यान पठाएर प्रकाश ल्याछ मानौ
मेरो देशमा अँझै धानको ढुटो ल्याएर चामल पैठारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
प्यारमा कति सजिलै व्यापारी झै बहिस्कार गर्दियौ
याद राख हिजो पवित्र थियो तिम्रो बदन अब सर्कारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ !
मलाई दिनरात मेरै पाखाबारिको याद आउँछ आमा
यो मान्छे कतारमा बस्यो भन्दैमा मन कहाँ कतारी हुन्छ
यो त्यस्तो देश जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
शहीदकी स्वास्नीको चुरा लिपुलेक लिम्पुधुरा बेचियो
यस्तै हो भने भोलि मधेशको हर आद्मि बिहारी हुन्छ
जोकर मुसा भुस बोकेर आउछ जब गाउँमा भोकमरी हुन्छ
समयसङ्गै बद्लिएको छ लाजमर्दो यो समाज आज
मन्दिरमा भुतको भजन हुन्छ भट्टीमा कृष्णमुरारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू नि भ्रष्टचारी हुन्छ
ती बनकरहरू फेरि पनि जङ्गल जानेछन र सङ्गुर झै
कुडो खानेछन जब हाम्रो घरका गाई बस्तु मान्साहारी हुन्छ
जोकर मुसा भुस बोकेर आउछ जब गाउँमा भोकमरी हुन्छ
यो त्यस्तो देश यो जहाँ भगवानहरू पनि भ्रष्टचारी हुन्छ
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: