जुठो जुठो थाल हो, यो मैले पनि चाल पाए
जुठो थालकै दाल हो, यो मैले पनि चाल पाए
यता तिमी उता तिमी, चारैतिर तिमी तिमी
माकुरीको जाल हो, यो मैले पनि चाल पाए
बगाएर लैजाला, पक्कै परेपछि भेलमा
जिन्दगीकै काल हो, यो मैले पनि चाल पाए
मलाई उसैबाट, हुत्याएर फाले पछि
समुन्द्रको छाल हो, यो मैले पनि चाल पाए
उसले पिडा दिदा पनि, मैले सहि बसेको छु
तरवाल र ढाल हो, यो मैले पनि चाल पाए ।।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: