सँगै बिताएका ति दिन अनि रात को के कुरा गर्नु,
सम्बन्ध जोड्ने अनि निभाउन नसक्ने त्यो साथको के कुरा गर्नु,
खै अरूको लागि यो मन मस्तिष्कमा केही सोची सकेकेको छैन,
तिम्रै नामको मेहेन्दी भएन भने भएर यी हात को के कुरा गर्नु,
अझै पनि छन् खोलौं भने सुख दुःख भरिएका कथाहरू,
तर कुरा बुझिदिने मान्छे छैन भएर यी बात को के कुरा गर्नु,
पहिला र अहिले पनि नजिकिन खोज्ने हरुको कमी छैन,
धोका दिएनी मलाई पिर तिम्रै लाग्छ,
भएर साथ दिन्छु भन्ने ति हजार हातको के कुरा गर्नु।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: