ताेतिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
छाेटिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
बिना पत्तो चञ्चलिदै आकर्षणमा पर्दा पनि
राेकिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
मधुर मुस्कान र वाणीले साच्चै डेरा जमा'पछि
पाेखिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
जिन्दगीको माेल हुदाँ पनि बेवारिसे बनी
भाेगिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
हरेक प्रहर तिमीलाई सु-मार्ग सम्झाउँदा
जाेतिएर बाेल्नेकाे कदर कहाँ हुन्छ र ?
Liked by: