छुटाउँ भन्छे नाता प्यारी नाता कहाँ छुटिन्छ र।
टुङ्ग्याउँ भन्छे सम्बन्ध, त्यो नि कहाँ टुङ्गिन्छ र।।
नथाकेरै बोलिरने ती ओठहरु बाँध्छु भन्छे।
बाँधिएलान ओठ तर शब्द कहाँ बाँधिन्छ र।।
दुख्ला मुटु टाढा हुँदा पछि कुनै दिन भन्छे।
नबोलेरै मात्र प्यारो नाता कहाँ सकिन्
तोडि आजै नाता हाम्रो मन सजिलै थाम्छु भन्छे।
थामिएलान मन तर आँसु कहाँ थामिन्छ र।।
साथ सँगै बगिजान्छन ओठका मुस्कानहरु।
छुट्टिएर हामी कतै हाँसी कहाँ बाँचिन्छ र।।
Liked by: