सोध न कोही उस्लाई राहदानी बोकेर कहाँ जान्छ
आफैंलाई बोझ भएको छ जवानी बोकेर कहाँ जान्छ
विमानस्थलमा हात हल्लाएर खिसिक्क हाँस्दै ऊ
परेलिका डिलमा जमेकाे पानि बोकेर कहाँ जान्छ
भन्न त भन्यो आमालाई छुट्टै फिर्छन हाम्रा दिन भनि
खै टुङ्गो नभएको जिन्दगानी बोकेर कहाँ
आफ्नो ईच्छा आकांक्षा सबै मनको चितामा जलाएर
निर्दोष ति सपनाको खरानी बोकेर कहाँ जान्छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: