कमाउनु भएछ बेस्सरी बिटो नोट वहाँले ।
लगाएर दौरा सुरुवाल कालो कोट वहाँले ।
ती चिल्ला गाडी,भब्य महल,सभा समारोह ।
जनतालाई भने दिनुभो चोटै चोट वहाँले ।
बिकाश,अमनचयन, रोजगारीका नाराले ।
हिजो माग्नुभो दशऔला जोडेर भोट वहाँले ।
बल्ल था’भो म सोझो जनतालाई पनि आज ।
गर्नुभा रैछ झुठा आश्वासन र अठोट वहाँले ।
नारा जुलूस चक्काजाम भए उन्कै बिरुद्दमा ।
र पनि देख्नुभएन अहँ ! आफ्नो खोट वहाँले ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: