हो आज मैले अलिकति मात्र पिएको कसरी भनाै
तिम्रो सम्झनामा यी आखा रसाएको कसरी भनाै
हो आमा तिमी नभएर आफ्नै घरको आगन पनि
नहास्ने गरि खडेरीले उजाडि दिएको कसरी भनाै
आकाशमा हेर्दै धेरै पटक बोलाए सुनेउन र आमा
तिमिलाई कति कुरा छ्न् नसुनाएको कसरी भनाै
थाहा छ तिमी ताराहरु भन्दा नि टाढा बिलाएकी छाै
आमा धेरै भयो सपनीमा पनि नदेखेको कसरी भनाै
Liked by: