तिम्रो मेरो जवानी को गजल लेख्दा कस्तो होला
ठेकी अनि मदानी को गजल लेख्दा कस्तो होला
आत्म कथा निकाल्ने को होड बाजी चल्दै गर्दा
आफ्नै राम काहानीको गजल लेख्दा कस्तो होला
सपुत यो देश मा नजन्मिनु को कारण खुलाई
खेर गएका चौलानीको गजल लेख्दा कस्तो होला
धेरै नजिकिए पनि मिलन कहिले नभए पछी
आंखा का दुई नानीको गजल लेख्दा कस्तो होला
नुनिलो त्यो समुन्द्र को "उजागर "अब गर्दै राज
भिजेका मेरा सिरानीको गजल लेख्दा कस्तो होला
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: