भन के के चाहिन्छ कतिले पुग्छ तिम्लाई ?
पसिना चाहियो कि बिटोले हुन्छ तिम्लाई ?
निर्दय दिल कतिपो रुवाउछौ किसानलाई,
त्यो आशु अनि भावनाले कहिले पो छुन्छ तिम्लाई ?
पसिना उस्को ,झुपडीमा नुन किन्ने दाम छैन !
महल तिम्रो ,उसको कहिकतै नाम छैन !
खै कतिले पो पुग्दो हो तिम्लाई,
किसान नरोएको यो देशमा कुनै ठाम छैन !
मुखमा रामराम बगलीमा छुरा नै भो!
किसानलाई ऊकास्ने सरकारको मात्र कुरा नै भो!
बजेट आउछ,गोजीमा जान्छ,
सब लुट्ने निस्के,किसानको जिन्दगी त उहीँ पुरानै भो !
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: