कयौं पाना च्यातिएछ जीवनको अर्थ बुझ्दाबुझ्दै
अरुको सामू हाँसो देखाउनु पर्ने परेली रुझ्दारुझ्दै
सम्झाउन नसकेको होकी मैले सम्झिन नसकेको हो
उमेर त्यसै त्यसै ढल्किरहेछ समयसँग जुध्दाजुध्दै
पिर व्यथा देखाएर रुन मन लाग्दैन अरुको अघि
बरु भिज्छ सिरानी रातभरीमा आसुँ बग्दाबग्दै
कतै जेलिञ्छन कतै फ़ुस्किञ्छन अनगिन्ती मायाजाल
मायाकै आकारमा बुन्न खोज्यो जेलिन्छ फुक्दाफुक्दै
कायरता हुदै होइन महानता पनि देखाउन सक्दिन
आफूसंगै समाप्त हुन्छ जीवन रफ्तारमा कुददाकुद्दै
कयौं पाना च्यातिएछ जीवनको अर्थ बुझ्दाबुझ्दै
अरुको सामू हाँसो देखाउनु पर्ने परेली रुझ्दारुझ्दै
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: