थाहा छैन मलाई खै के भा'छ अचेल !
सबैतिर यो मन मरिरा'छ अचेल ।
हेर्छु वर्तमान अनि भविस्य सम्झिन्छु ,
अन्योलको भयले सता'छ अचेल ।
बढ्दैछ झनझन कहर कोरोनाको ,
बाचिन्न कि क्याहो भन्ने झैं ला'छ अचेल ।
कस्तो रोग आयो यो ब्रह्माण्ड हल्लाउने ,
संसारका मान्छेले दु:ख पा'छ अचेल ।
हे दैव एउटा उपाय बताइदेऊ !
अनिश्चित भविस्यले तर्सा'छ अचेल ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: