तेल छ बाती छैन हजुर सलाई के गरुँ !
लाग्दैन आगो पत्थर दिल जलाई के गरुँ !
ज- जस्ले हिजो भगवान समान ठान्दथे ।
उसैले आज घृणा गर्दैछ मलाई के गरुँ !
रित्तो रित्तो भा’छु आज लुटाएर भएजति ।
कसै कसैलाई यहाँ भन्दा भलाई के गरुँ !
न दलिन बन्ला,न त चौकोस नै बन्ला अब ।
किराले खाएको धोद्रो रुख ढलाई के गरुँ !
दुर्गन्ध फैलन्छ भन्ने डर झन जताततै ।
यी शुध्द औलाहरुले बिष्ट चलाई के गरुँ ।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: