पिडै पिडाको भुमरीमा परियो भने के गर्छ्यौ
फुल्दा फुल्दै कोपिलामै झरियो भने के गर्छ्यौ
हाँसिखुसी भई बाच्ने रहर कसको नहोला
गहभरी आशु मात्रै भरियो,भने के गर्छ्यौ
तिमी मुटु अनि म धड्कन बन्न पर्छ भन्थ्यौ,
धड्कन बाटै बाटो,बन्द गरियो भने के गर्छ्यौ
सपनाका महलहरू अनगिन्ती बुन्ने मन छ
जिवनको यो गोरेटो मै हरियो भने के गर्छ्यौ
हजार जुनी सम्म पनि छुट्न हुन्न भन्थ्यौ प्रिय
संसार छोडी अन्तै बसाई सरियो भने के गर्छौ?
Liked by: