भेट्न आउदा बाउले देख्दा लुकेको के कुरा गर्नु,
तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु।
गाँउघरमा आजभोलि तिम्रो मेरो चर्चा रैछ,
झुठो कुरा बैरीले फुकेको के कुरा गर्नु।।
भिरपाखा,खोला नाला तरि तिम्लाई भेट्न आउदा ,
प्रितका कुरा छाडी, पैताला दुखेको के कुरा गर्नु।।।
पहिलोपल्ट भेट हुदा कति धेरै लजालु थ्यौ,
यसो आखा झिम्क्याई दिदा नजर झुकेको के कुरा गर्नु।
तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु।।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: