मैले बाँच्ने जिन्दगीको सार खोज्दै छु ,
पाउनु पर्ने सबै मेरो अधिकार खोज्दै छु ।
खिएर धुजा धुजा भाको यो जीवन अब,
मिठो सुरुवात सँगै गर्न धार खोज्दै छु ।
धागो जस्तै अल्झिएर बस्नु र कैले सम्म,
सहज बन्न की त वार कि पार खोज्दै छु ।
विगतलाई सारा बिर्सेर वर्तमानमा रमाउँदै,
हाँसी खुसी भई रमाउने आधार खोज्दै छु ।
जिउन जाने जिन्दगी हरपल मिठो हुन्छ,
पल पलमा खुसी मिल्ने बाहार खोज्दै छु ।
कैले सम्म धमिलो मन लिई हिड्नु अब,
स्वच्छ सफा दिल अनि निखार खोज्दै छु ।
मैले बाँच्ने जिन्दगीको सार खोज्दै छु ,
पाउनु पर्ने सबै मेरो अधिकार खोज्दै छु ।
Liked by: