मनैछुने प्रकृति कति हरियाली छ।
तनैछुने सांस्कृतिक खुसियाली छ।।
कल्पनामा पनि पाइन्न यस्ताे जताततै।
हृदयले गाैरव गरे संसारकाे सजियाली छ।।
मपाइत्व छाेडि आज सामुहिकत्व राेजिकन।
रचनात्मक बुझाईकाे सह्रश आत्मर्याली छ।।
विश्व घुमेर रमाउनेहरु आफ्नै माझमा छन्।
आफुभलाे जगत भलाे साेचाईमा मनमाली छ।।
जस्ताे आयाै उस्तै जानेछाै याे प्राकृतिक स्थलमा।
साझा साेचविचारले अघिबडे चुमिने स्वर्गखाली छ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: