कुर्दाकुर्दै थाकियाे त्याे घडी अब कुर्न सकिएन
साथी भाईले छाडिसके भेटम् दगुर्न सकिएन !
आशैआशामा वित्ने भाे जिन्दगीका हर चाहना
आफ्नै भाग्य हेरी आफैंलाई धिक्कार्न सकिएन !
बीच बाटाेमा कुर्नु अति पट्यार लाग्ने रैछ हजुर
जिन्दगीको गाेरेटाेलाई फर्काएर बटार्न सकिएन !
म नै ठिक हुँ भन्ने घमण्ड छैन र नआओस पनि
गल्ती गरियाे हाेला आफैं कति नकार्न सकिएन !
आउन त कति आए बाचा र आश्वासनका बाढी
आफ्नो नैतिकता दाउमा राखी स्वीकार्न सकिएन !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: