एक्छिन छोड्नै मन नलाग्ने मायाको लत क्या मज्जाको
सम्झी सम्झी मलाई लेखेको खत क्या मज्जाको
तिमी हुँदा र नहुँदामा धेरै फरक छ नि माया
लाग्न थाल्यो अब मलाई जगत क्या मज्जाको
एक्छिन छोड्नै मन नलाग्ने मायाको लत क्या मज्जाको
आफ्नो भाग्य देखेर दिक्कै थिए म पैले
तिमीलाई पाए लाग्न थाल्यो किस्मत क्या मज्जाको
एक्छिन छोड्नै मन नलाग्ने मायाको लत क्या मज्जाको
आफु हिड्ने बाटो हरू अल्झन झैं लाग्थ्यो सधैं
हिँड्न पाएँ साथसाथै तिनै पथ क्या मज्जाको
एक्छिन छोड्नै मन नलाग्ने मायाको लत क्या मज्जाको
जोस जाँगर ईच्छा आकांक्षा मरेका थिए सबै
अब मायाको लागि लड्न सक्ने हिम्मत क्या मज्जाको
एक्छिन छोड्नै मन नलाग्ने मायाको लत क्या मज्जाको
सम्झी सम्झी मलाई लेखेको खत क्या मज्जाको
Liked by: