व्यबहारलाई गहना र तिमिलाइ सम्पती मानेकी छु
के तिमिपनि मान्दछाै यहाँ मैले जति मानेकी छु
अब हेर्नू छ कसरी बर्वाद गर्छस् ए जिन्दगी तँ मलाई
आशुलाई आशिर्वाद दुखलाई ओखती मानेकी छु
छिट्टै फर्की आउनेछु भन्दै गएउँ तिमी हात हल्लाएर
दिनलाई महिना र महिनालाई वर्ष मानेकी छु
छिट्टै नजिक हुन् आउनु अनि देख्ने छाै कहानी मेराे
हर एक्लाेपन र मौनतालाई प्रगती मानेकी छु
तिमी आउदैछौ भन्ने खबर सुनेका छन् कानहरुले
ऐनामा देखिने स्वयम् आफुसँग लाज मानेकी छु
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: