रोकिदैन एकैनाश आउँछ अनि घरी घरी आउँछ
तड्पिन्छु जब तिम्रो यादहरुको हुन्डरी आउँछ
प्रिय तिमी ले यो मेरो साथ छोडेको दिन देखि
मुटुमा मेघ गर्जन्छ नयनबाट बर्खे झरी आउँछ
यसकारण म उसको सामु मूर्ख छु निर्बुद्धी छु
मेरो पाठशालामा शुरूवात मै बाह्रखरी आउँछ
थाहा छ पत्थर हो मन बुझाउने थपना मात्र हो
तर त्यसैलाई इश्वर सम्झेर प्रश्न नानाथरी आउँछ
महोदय ठेश लाग्नु पर्छ तब शब्द बर्षात हुन्छन
सधै सोध्नु हुन्छ नि गजल लेख्न कसरी आउँछ?
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: