लुकि लुकि एकान्तमा, कैयौ चोटि हेरेँ मैले
हेर्दै फोटो रातभर नै, ओल्टे कोल्टे फेरेँ मैले ।
सबै कुरा अटाउनुथ्यो, मन भित्र गुम्सिएका
चिट्ठी लेखि पठाउन, कति पाना केरेँ मैले ।
सम्झनामा झस्काउँछौ , सपनिमा सताउँछौ
अङ्गालोमा सिरानी यो, सयौ पटक बेरेँ मैले ।
घरीघरी आइदिन्छौ ,रहर बोकि मुटुभरी
धारिलो त्यो मुटुमाथी , कठै माया सेरेँ मैले ।
नजाेडिँदै तोडिगयो अनायास हाम्रो प्रीति
तिमी आयौ बाडुल्किमा, यादहरु नै घेरेँ मैले ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: