म मात्रै किन? यो दुनियाँ पनि भाग्यमानी होस
आफन्तहरु सँगै, दुस्मनहरु पनि अम्बानी होस
सोच संधै, सबैको बाटो, सद्गमयको होस भनि
मन्दिरमा भिक्षा माग्ने पनि बहुत खानदानी होस्
विचार यस्तो आओस, झुपडी पनि दरबार बनोस्
आफूलाई रानी सम्झी निस्किँदा, उ महारानी होस
किन बस्ने नबोलेर, मनमा दोष मात्रै गुम्साएर
यस्तो बन, नबोल्नेसँग पनि इसारामा कुराकानी होस
Liked by: