जब सम्म देह मन्दिर हुदैन॥
भित्र बस्ने मुर्ति स्थिर हुदैन॥
आकाशको क्यानभासमा
एउटै टिकाउ तस्बिर हुदैन॥
भोकाहरु नाङ्गीदै माग्छन्
भिखारी अझै फकिर हुदैन॥
समय बदलिन्छ बदलियो
परीबर्तन तर तकदीर हुदैन॥
खोज-तलास आँखा अघि
भित्र छ खास बाहिर हुदैन॥
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: