यसरी एउटा चाल, चलनमा रखेको छु
मन जलाउने लाई पनि मनमा राखेको छु।
जसले धोका-घात भन्दा अरु केही दिएन
उसैलाई हरबखत सज्जनमा राखेको छु ।
मेरो सम्पर्क बाट तिमी गुमनाम भएपछि
मैले सारा जवानी पवनमा राखेको छु ।
उपहार भनी तिमिले नै पठाइदिएकी हौ
त्यी नै चोटको नाटक मञ्चनमा राखेको छु।
खाली छ भने आउ त्यो सिउँदो भरिदिउँला
पवित्र यो शरीर मैले लगनमा राखेको छु ।
जति कमाउँछौ आखिर सब छोडेरै जाने हो
कस्ले भन्छ यहाँ गोजि कफनमा राखेको छु।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: