मन सङ्ग मनको नाता छुट्यो जस्तो लाग्छ
अरुले नै मेरो खुसी लुट्यो जस्तो लाग्छ !
जीवन भरी साथ दिन्छु भनी खाको कसम
दोबाटो मै छुट्न पर्ने, झुट्यो जस्तो लाग्छ !!
हास्थे अनि हसाउथे मनमा पीडा लुकाएर
निरास छु पीडा थैली फुट्यो जस्तो लाग्छ !
हास्न पनि सक्दिन म, मन खोलेर रुन पनि
अन्धकारमा सबै रहर टुट्यो जस्तो लाग्छ !!
अजम्बरी मायामा खै कस्को पो नजर लायो
सन्सार सारा एकै पटक जुट्यो जस्तो लाग्छ
मन सङ्ग मनको नाता छुट्यो जस्तो लाग्छ !!
Liked by: