आजकल तिमी अलि टेढिएजस्तो लाग्छ
तर्किएर एकलै हिँड्न खोजेजस्तो लाग्छ
कालो टिकी निधारमा कहिल्यै नछोड्नु
तिमीमाथी कसैको नजर परेजस्तो लाग्छ
फकाउँदा नि मान्दैनौ व्यथा कहाँ सुनाउँ
तिमीलाई कसैले टुनामुना गरेजस्तो लाग्छ
जलन हुन्छ यो मुटुमा कसरी म सम्झाउँ
तिमी नहुँदा छिन छिनमा मरेजस्तो लाग्छ
Liked by: