जन्मिने साथ खुसी के हो छदैछन्।।
खुकुलो भएछ शारीर यो
मातापिताको साथ बिल्कुलै छैन ।।
मेरो लागि त देवता पनि ढुङ्गो
भएछ म हटेको छैन।।
देवीदेवता साथ माता पिता
लाई पूज्न छोडेको छैन ।।
आगो लहरसंगै जलेको मन मुटु
यो सांस तुतेको छैन ।।
देखावटी मुस्कान पनि रङ्गीचङ्गी म छोडेको छैन।
जहाँ माता पिताको साथ बिल्कुलै छैन ।।
बगाउने गर्छु मुस्कानको छाल ।।
अरू कसैको लागि आफ्नो केही होइन ।।
दुःखित नेत्राजल पिउदैछु मत्तिएको म कतै छैन ।।
सिमारेखा मिचीमिची हाम्रो भुमि च्यपिदैछन् ।।
नेता नेपाली मौन भई स्वार्थ गर्न पुर छोडेको छैन।।
नेपाली माटो रुंदैछ धुरुधुरु
बचाउने मलाई कोही छैन।।
नेपाली भुमिको निम्ति यो जवान लड्न कहिलै हटेको छैन ।।
जन्मिने साथ खुसी के हो छदैछन् ।।
खुकुलो भएछ शारीर यो मातापिताको साथ बिल्कुलै छैन ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: