मायाको सरकार | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

मायाको सरकार




   आर.डी धनुश रानामगर - Jun 07 2017
मायाको सरकार गजल

मायाको सरकार हाम्रो ढाल्ला जस्तो छ |
सत्ता लुट्ने फोहोरी खेल थाल्ला जस्तो छ||

हाम्रो गठबन्धन बलियो भए पछी |
बिपक्षीले महाअभियोग हाल्ला जस्तो छ ||

एकता नचहाने बिरोधी भ्रस्टहरु |
सडकमै ओर्ली मसाल बाल्ला जस्तो छ् ||

आउ अङ्गालोमा बेर्ने सहमती गरौ |
ढिलाई गरे सरकार फाल्ला जस्तो छ्||

दुखमा साथ दिने बुढा सदर गरी |
मिलौ नत्र अल्पमतमा पार्ला जस्तो छ्||

----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.